कोरोना संक्रमणबाट जनकपुरधामका पूर्व मेयरको मृत्यु
नेपालखोज
२०७७ साउन २८ गते १०:०९
जनकपुर । जनकपुरधामका पूर्व मेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिएका छन् ।
कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए । गिरी २०४२ सालमा जनकपुरको मेयरमा निर्वाचित भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया