शुक्रबार, चैत १६, २०८०

बत्ती बल्न लागिसक्यो, लिवर्टी हाइड्रोमा ढुक्कले शेयर लगानी गर्दा हुन्छ (भिडियाेसहित)

नेपालखोज २०७७ साउन २८ गते १७:५६

नेपालको आर्थिक मेरुदण्डको महत्वपूर्ण पाटो हाइड्रो । अहिलेको हाइड्रोको अवस्थालाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपालको हाइड्रोक्षेत्र एकदमै महव्वपूर्ण पाटो हो । किनभने नेपालमा जुन आक्रामक रुपले आर्थिक विकास भइरहेको छ त्यो जलविद्युत् विना त सम्भव छैन । जस्तै, कुनैपनि उद्योगको लागि त बत्ति आवश्यक हुन्छ नै । समयसँगै हाम्रो दैनिकीमा पनि विद्युत्को माग अथवा प्रयोग बढेको छ । गर्मीमा पंखा, जाडोमा हिटर, लुगा धुनदेखि खाना पकाउनसम्म पनि यसैको प्रयोग भएको हामीले पाउँछौ । हिजो दैनिक १८ घन्टा लोडसेडिङ भएको अवस्थामा कम्पनी चलाउनेहरुलाई लागत शुल्क पनि धेरै थियो । काम गर्न पनि बत्ति आउने समय कुरेर बस्नुपर्ने अवस्था थियो । बत्ति पर्याप्त मात्रा भयो भने नयाँ लगानीकर्ता पनि आउछन् । पछिल्लो दुई तीन वर्र्षदेखि हामी लोडसेडिङ मुुक्त भएका छौं । जसले गर्दा कम्पनी चलाउने तथा आफ्नो अनुकुल काम गर्न पाएका छौं । लागत शुल्क पनि कम पर्न गएको छ ।

विद्युतको यति महत्व हुँदाहुँदै पनि सरकारको प्राथमिकता कागजी रुपमै देखिए पनि हाइड्रो ज–जसले सञ्चालन गरिरहनु भएको छ उहाँहरु प्रति हेर्ने सरकारको दृष्टीकोण सकारात्मक हुँदै भएन, व्यवहारमा एउटा कागजी रुपमा अर्को भयो भन्ने बेलाबेला चर्चा हुने गर्दछ । तपाई आफैं हाइड्रो सञ्चालन गरिरहनु भएको छ । बत्ति निकाल्ने अन्तिम तयारीमा पुग्नु भएको छ यहाँहरु ?
तपाईले भनेको केही कुरा सत्य हो । राज्यले प्रत्येक आर्थिक वर्ष ५ हजार, ३ हजार, १० हजार मेगावाट विद्युत उत्पादन गर्ने भनेर वार्षिक बजेट ल्याइरहेको हुन्छ । मौद्रिक नितीमा पनि हाइड्रोलाई प्रमोट गर्न बैकहरुले १० प्रतिशत लगानी गर्नुपर्ने भनेर आइरहेको छ । राज्य सकारात्मक रुपमा गइरहेको छ । यसको विकासको लागि पोलिसी लेबलमा मात्र सकारात्मक भइरहेको अवस्था छ । माइक्रोम्यानेजमेन्ट चाहिँ राज्यले गर्न सकेको छैन । हामीलाई एनईए को ट्रान्समिसन लाइन र जग्गाहरुमा निकै समस्या छ । जग्गा किन्न त सरकारले सहयोग गर्छु भन्छ स्थानीय सरकार र जिल्ला प्रशासन अनि गाउँलेसँग समन्वय गरेर काम गर्न एकदमैै गाह्रो अवस्था छ । किनभने जहाँ हाइड्रो आउने कुरा हुन्छ त्यस ठाउँको जग्गाको मूल्य ५०० देखि ६०० प्रतिशतले बृृद्धि हुन्छ । उहाँहरुको पनि आफ्नै समस्या छ कसैको त बास नै उठ्नसक्छ । त्यसैले राज्यले पुनर्बासको व्यवस्था गरिदिए हुन्थ्यो । त्यो हाम्रो तर्फबाट सम्भव छैन यो काम चाहिँ पोलिसी लेबलबाट भए राम्रो हुन्थ्यो । हामी हाइड्रो डेभलपरहरुलाई समयमा राज्यले ट्रान्समिसन लाइन नबनाइदिने गर्दा हाम्रो शुल्क ब्याजको कारणले बढेर जान्छ । यो पनि एउटा ठूलो समस्या हो ।

यति कुराकानी गरिरहँदा विद्युत विभागले विशेष गरेर तपाईहरुलाई अनुमति दिने, खरिद सम्झौताको कुरा गरिरहँदा जब लाइन नजोडी कागजमा हस्ताक्षर गरेर मात्र बिजुली उपभोक्ताको घरसम्म त पुगेन नी ?
त्यही भएर लगानीकर्ता आर्कषित भइरहेको अवस्था छैन । किनभने स्थानीय निकाय तथा एनईएको सबै प्रक्रियाको झन्झट त एउटा छँदैछ । स्थानीयका कारण केही समस्या भयो भने पनि लागत बढ्छ । किनभने सबै पैसा हामीले हाल्दैनौं । ७० देखि ८० प्रतिशत रकम बैंकबाट ऋण लिएर काम गर्छाैं । केही कारणले एक दुई वर्ष काम ढिलो भयो भने २–३ करोड त ब्याज नै बढ्छ । यसको भार हामी लगानीकर्ताले व्यहोर्ने हो । जव लगानीकर्ताले राम्रो प्रतिफल देख्दैन उ त्यसतर्फ आर्कषित हुँदैन ।

शेयर को कुरा गर्दा बैँक तथा वित्तीय संस्थाको र हाइड्रोको शेयरको मूल्य हेर्ने हो भने आकाश जमीनको फरक छ, यो किन होला ?
हाइड्रोको शेयर चाहिँ ३५ वर्षको लागि मात्र हो । बैक तथा वित्तीय संस्थाको शेयर चाहिँ पुस्तौं पुस्ताको लागि हुन्छ । बैंक तथा वित्तीय संस्थाको नाफा जति पनि हुन सक्छ तर हाइड्रोको निश्चित हुन्छ । जुन हामीले पहिले नै तोकेका हुन्छौं । र, कतिपय डेभलपरको कमी कमजोरीले पनि यस्तो भएको हो ।

स्थानीय व्यक्तिहरु विषेशगरी हाइड्रोको पेरीफेरीमा रहेका मानिसहरु पहिले–पहिले लगानी गर्न एकदम उत्सुक हुन्थे पछिल्लो सयम यो दर घटेको हो की ?
यो कुरा केही हदसम्म हो । हाइड्रो सुगम ठाउँमा गर्ने काम होइन । यो दुर्गम ठाउँमा गर्ने काम हो । दुर्गम ठाउँमा बैँकको पहुच कम हुन्छ । थोरै लाभांशको शेयर को लागी धेरै खर्चहुने झन्झटिलो प्रक्रिया भएको स्थानीयको चाहना मर्दै गएको हो । शयेर खरिदका लागि बैंक खाता खोल्ने अनि फेरी डिम्याट खाता खोल्ने जस्तो प्रक्रिया झन्झटिलो भयो । सवै स्थानीयमा बैंकको पहुँच पनि त हुँदैन ।

विगतका वर्षमा तपाईहरुलाई प्राकृतिक रुपमा पनि ठूलो क्षति पुग्यो । तापनि तपाईहरु तोकेको समयमा बत्ति बाल्ने अन्तिम चरणमा हुनुहुन्छ यति छिटो कसरी सम्भव भयो ?
यो सबैको सहजीकरणले हो । हाम्रो सञ्चालक समिति, मेनेजमेन्टको टिम र हाम्रा ९ वटा कन्सल्टेन्ट बैंक र स्थानीय साथीहरुको सहयोगबाट हामी बत्ति बाल्न सफल भएका हौं ।

अवको कति समयमा जनताको घरमा बत्ति बल्छ ?
अवको ३ महिनामा बल्छ । हामीले सिधै जनतालाई बत्ति बेच्न पाउँदैनौं यो काम एनईएको हो । त्यसकारण अव हामी ३ महिनापछि एनईएमा लागेर हाम्रो उत्पादन जोड्छौं ।

प्रतिक्रिया