शनिबार, वैशाख १३, २०८२

एकै दिन २४ सय रुपैयाँले बढ्यो सुन, प्रतितोला ९७ हजार ८ सयमा कारोबार

नेपालखोज २०७७ साउन २९ गते ११:३६

काठमाडौं । यो साता निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ ।

बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार तोलामा २ हजार ४ सय रुपैयाँ बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया