आइतबार, जेठ ६, २०८१

हृदयाघातको खतराबाट बच्न दिनहुँ दुइ चम्चा दही

नेपालखोज २०७७ साउन ३१ गते ६:३०

एजेन्सी । गर्मी सुरु भएसंगै हामीले आफ्नो खानेकुरामा बिशेष ध्यान दिनु जरुरी हुन्छ । त्यसैले शरीरलाई स्वस्थ राख्नको लागि दहीको सेवन निकैमहत्वपूर्ण हुन्छ ।

यसले शरीरको पाचन क्रियालाई मद्दत गर्नुका साथै बिभिन्न किसमका रोग संग लड्ने क्षमताको बिकास गर्न मद्दत गर्छ । दिनहु खानामा दुइ चम्चा दही सामेल गर्नाले ब्लडप्रेसर नियन्त्रण गर्न मद्दत गर्छ र हृदयघात हुनबाट बचाउछ ।

दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ । यसले तपाईंको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । अमेरिकन जरनल ऑफ हाइपरटेंशन मा प्रकाशित स्टडीका अनुसार व्यक्ति स्वास्थ्य रहनका लगि दही एक उत्तम पदार्थ साबित भएको थियो ।

त्यसैले दहीको सेवन गर्नाले हृदयघातको खतराबाट पनि बच्न सकिन्छ।

प्रतिक्रिया