खानाबाट कोरोना नसर्ने डब्लुएचओको दाबी
नेपालखोज
२०७७ साउन ३१ गते ८:०४
एजेन्सी । विश्व स्वास्थ्य संगठनले प्याकिङ गरिएको खानेकुराबाट कोरोना भाइरस सर्न सक्ने कुनै प्रमाण नभेटिएको दाबी गरेको छ ।
चीनको सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको तर सो प्याकेजिङसँग सम्पर्कमा आएका सबै मानिस तुरुन्तै पत्ता लगाएर परीक्षण गर्दा भने नतिजा नेगेटिभ आएको बताइएको छ ।
यस सम्बन्धी (डब्लूएचओ)का आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले मानिसहरूले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरी गरिएका खानेकुरासँग डराउनु पर्ने अवस्था नरहेको बताएका छन् ।
उनले हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण नभएको स्पष्ट पारेका छन् ।
सम्बन्धित
प्रतिक्रिया