शनिबार, वैशाख १३, २०८२

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वारटरफाइनबाट बाहिरियो

नेपालखोज २०७७ साउन ३२ गते ९:१२

एजेन्सी । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वारटरफाइनबाट बाहिरिएको छ । लियोनसँग पराजित हुँदै इंग्लिस फुटबल टिम म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा लियोनले ३(१ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । यसअघि रोनाल्डोको टोली जुभेन्टसमाथि जित निकालेर उत्साही भएको लियोनले लयलाई निरन्तरता दियो । सिटीका खेलाडीले मौका गुमाउँदा जित पक्का गर्यो ।

लियोनले पहिलो हाफमा कर्नेटको गोलबाट अग्रता लिएको थियो । तर, डि ब्रुनीले गोल गरी बराबरी बनाए । तर, खेलको बाँकी दश मिनेटमा दुई गोल गर्दै लियोनले सानदार जित निकालेको थियो ।

प्रतिक्रिया