आइतबार, जेठ ६, २०८१

मुखको दुर्गन्ध हटाउने घरेलु उपाय

नेपालखोज २०७७ भदौ १ गते ५:०५

१. खानामा रेसादार रफाइबरयुक्त सब्जीहरु समाबेश गर्नुहोस्।

२. एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ ।

३. बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।

४. तातो पानीमा नून मिसाएर कुल्ला गर्नुहोस्।

५. जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।

६. हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुहोस् ।

७. पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।

८. प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।

९. बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुहोस् ।

१०. हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुहोस्।

प्रतिक्रिया