शुक्रबार, चैत ७, २०८१

बासेको कारण मुद्दा खेपेको भालेको मृत्यु

नेपालखोज २०७७ भदौ १ गते ११:३६

एजेन्सी । बिहानको समयमा भाले बास्नुलाई सामान्य मानिन्छ । तर, फ्रान्समा एउटा भालेले बिहान बासेकै कारण मुद्दा खेप्नु परेको थियो । यो घटना फ्रान्सको ग्रामीण इलाकामा रहेको ओलेरो नामक टापुको हो । उक्त भालेको नाम मोरिस हो । ओलेरोमा छुट्टी बिताउनका लागि निर्माण गरिएको घरमा बस्दै आएका एक वृद्ध दम्पतीले बिहानै बासेर आफूहरूलाई भालेले दुःख दिएको भन्दै ध्वनी प्रदूषण सम्बन्धी मुद्दा दिएका थिए ।

Advertisement

सामाजिक सञ्जालमा यो कुराले चर्चा पाएपछि कुखुराको भालेप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको थियो । उसलाई बचाउनको लागि एउटा निवेदनमा दशौँ हजारले हस्ताक्षर गरेका थिए ।

अन्ततः गत सेप्टेम्बरमा अदालतले मोरिसका मालिकको पक्षमा फैसला सुनायो र उजुरी दिने व्यक्तिलाई क्षतिपूर्ति बापत १,१०० अमेरिकी डलर (करिब १३४,००० रुपैयाँ) जरिवाना गराएको थियो। उक्त भालेको ६ वर्षको उमेरमा गत मे महिनामा मृत्यु भएको छ।

प्रतिक्रिया