७६ वर्ष कान्छी महिलासँग विवाह
नेपालखोज
२०७७ भदौ ३ गते १२:१७
एजेन्सी । हाम्रो समाजमा विवाह गर्न केटाहरुले आफूभन्दा सानो उमेरकै केटी खोज्छन् । ५ देखि ७ वर्षको उमेर अन्तरलाई सामान्य नै मानिन्छ । तर, इन्डोनेशियामा एक व्यतिले आफूभन्दा ७६ वर्ष कान्छी महिलासँग विवाह गरेका छन् ।
१०३ वर्षका वृद्धाले आफूभन्दा करिब ७६ वर्ष कान्छी महिलासँग विवाह गरेका हुन् । पुआंग कट्टे नाम गरेका ती युवाले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका हुन् । यतीबेला उनीहरुको विवाहको फोटो सामाजिक सञ्जालमा भाइरल बनेका छन । मिडियाको रिपोर्ट अनुसार पुआंग एक डच कर्नल हुन् जसले सन् १९४५–१९४९ को युद्ध लडेका थिए ।
फेसबुक र ट्वीटरमा विवाहको तस्बिर अत्यधिक चर्चित भएपछि कतिले यो विवाह वास्तविक नभएको बताएपनि इन्डोनेशियाका समाचार एजेन्सीले यसबारे पुष्टि गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया