आइतबार, जेठ ६, २०८१

यी हुन् सौँफका ९ औषधीय गुण

नेपालखोज २०७७ भदौ ४ गते ५:०५

१. तौल कमगर्छ
एक चम्चा सौँफको पानीमा दही मिलाएर खानाले शरीरको तौल कम गर्न मद्दत गर्छ ।

२. दिमाग तेजिलो
सौँफ र मिश्री पिसेर खानाले दिमाग तेजिलो हुन्छ ।

३. हृदयघात
खाना खाईसकेपछि एक चम्चा सौँफ सेवन गर्नाले कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण हुनुका साथै हृदयघात हुने खतराबाट बचाउँछ ।

४. पाचानशक्ति
एक चम्चा सौँफ दुईकप पानीमा उमालेर दिनमा दुईचोटी पिउने गर्नाले पाचानशक्ति मजबुद हुन्छ र कब्जियत जस्ता समस्याबाट मुक्ति मिल्छ ।

५. आँखा तेजिलो
नियमित एक चम्चा सौँफ सेवन गर्नाले आँखा तेजिलो हुनुका साथै मोतीबिन्दु हुनबाट रोक्छ ।

६. खोकी
एक चम्चा सौँफ पानीसंग खानाले खोकी सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

७. महिनावारी
एक चम्चा सौँफर गुण मिलाएर खानाले महिनावारीको बेलामा हुने समस्याबाट टाढा राख्छ ।

८. हात खुट्टा दुखेमा
एक चम्चा सोँफ र मह मिलाएर खाने गर्नाले हात खुट्टा दुखेको छ भने निको हुन्छ ।

९. टाउको दुखेमा
सोँफलाई पिसेर टाउको तथा निधारमा लगाउनाले टाउको दुखेको निको हुन्छ ।

प्रतिक्रिया