समता लघुवित्तद्वारा बोनस सेयर र नगदसहित २६.३२ प्रतिशत लाभांश प्रस्ताव
नेपालखोज
२०७७ भदौ ७ गते ११:२८
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ का लागि समता लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १९ करोड ११ लाख १६ हजार ८ सय रुपैयाँको कुल २६.३२ प्रतिशतले हुन आउने ५ करोड २ लाख ९३ हजार ८ सय पन्चानब्बे रुपैयाँबराबर लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्ताव गरिएको लाभांशमा २० प्रतिशतले हुन आउने ३ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँबराबरको बोनस सेयर रहेको छ । त्यस्तै ६.३२ प्रतिशतले हुन आउने १ करोड २० लाख ७० हजार ५ सय पैंतीस रुपैयाँबराबरको नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाका प्रवन्धक तथा कम्पनी सचिव विश्वराज श्रेष्ठले बताए ।
सम्बन्धित
प्रतिक्रिया