हत्याको आरोपमा दुई पक्राउ
नेपालखोज
२०७७ भदौ ७ गते १४:५५
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।
यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।
विवादका कारण गरिएको कुटपिटका कारण यादवको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस
सम्बन्धित

प्रतिक्रिया