शनिबार, वैशाख १३, २०८२

कोरोनाको महापुराण : महान जिम्मेवार सरकार र महान चेतनशील जनता जनार्दन

नेपालखोज २०७७ भदौ ८ गते ११:३४

नेपालमा कोरोना पीडितको संख्या २६ हजारभन्दा माथि पुगिसकेको सरकारी तथ्यांकले देखाएको छ । यसलाई जितेर जानेहरुको संख्या करिब १७ हजार जति पुगेको आंकडा देखिन्छ । गत २०७६ चैत्र ११ गतेदेखिको लकडाउन असार मसान्तबाट हटाएपछि कोरोनाको सरकारी तथ्यांक दिन प्रतिदिन वढिरहेको रहेको छ । यो तथ्यांक वास्तविक के हो आफैंमा प्रश्न होला ? सरकारीको भनाईलाई विश्वास गर्ने हो भने हामीले सजगता अपनाएर नै यसवाट विजय प्राप्त गर्न सक्दछौं । यसका लागि कुनै ठोस कार्य गर्नुपर्ने जस्तो देखिँदैन । उदाहरणका लागि भेन्टिलेटरको व्यवस्था तत्कालका लागि हजारौंको संख्यामा आवश्यकता पर्ने देखिँदैन । यसको साटो सामाजिक दुरी कायम गर्ने, माक्स र स्यानिटाईजरलगायतका सस्तो मुल्यका सामाग्री प्रयोग गर्ने, भोज भतेर र सामाजिक तथा धार्मिक कार्यक्रम गरी चहलपहल नगर्ने, बेसार पानी पिउँने, हाच्छ्उिँ साच्छ्उिँलगायतका कार्यहरु गरेमा कोरोनालाई हामीले जित्न सक्छौं ।

सरकारी तथा विभिन्न दलहरु त्यसमा पनि विशेष गरेर सत्तापक्ष र प्रमुख प्रतिपक्षका विभिन्न गतिविधिहरु गर्दा कोरोनाले कुनै असर नगर्ने देखियो । यसका लागि पछिल्लो उदाहरण बालुवाटार दरवार, खुमलटार दरवार, सानेपा दरवार तथा बुढानीलकण्ठ दरवारका विभिन्न कार्यहरु गर्दा सामाजिक दुरी कायम नगरे पनि हुने, किनकी कोरोनाले यि नेपालका शक्तिशाली वर्गहरु हुन र यिनीहरुसँग हामीले जोरी खोजेमा हामी आफैँलाई सिध्याउन सक्दछन् त्यसकारण यिनीहरुसँग वच्नु पर्दछ भन्ने कुरा कोरोनाले सोच्ने भएकाले यिनीहरु कोरोना महामारी भन्दा माथि भएको कोरोना कहरले बुझेको छ ।

त्यस्तै कोरोना महापुराणले माइतिघर मण्डलामा जम्मा हुने सरकार इतरका पक्षहरुलाई नछोडने । सरकारले चेतावनी दिने गरेको छ कोरोना फैलिएला होस गरौं सरकारको विरोध नगरौं भनि सजगता अपनाउन संकेत गरिरहेको हुन्छ । सरकारी पक्षसँग घाँटी गाँसिएका विभिन्न संघ संगठन या भनौ गुण्डा जमातलाई चाहिँ सरकारको समर्थन गर्नका लागि विभिन्न तुल, व्यानर तथा मण्डला तहसम्म पु¥याईएका व्यक्तिहरु जो आफैंलाई शीर्षतहका वर्गमा राख्न चाहन्छन् उनीहरुको हिजोको वास्तविकता जस्तोसुकै भएतापनि १७र१८ हजार जनता मारेर आएका तिनिहरुको जय गान गाउन नछोडने छौंडाहरुको प्रदर्शनमा कोरोना आफैं डराएर भाग्ने भएकाले उनीहरुका लागी छुटको विशेष व्यवस्था गरिएको देखिन्छ । त्यस्तै कोरोनाले ओम्नी, यतीलगायतका शक्तिशाली वर्गको शरिरको एउटा रौं पनि हल्लाउन नसक्ने तथा नेपालमा सक्रिय भएका विदेशी दुतावासका महानुभावहरुलाई पनि नछुने खबर कोरोनाले गरिसकेको परिप्रेक्षमा त्यस्ता महानुभावहरुको सक्रियता नेपालको राजनैतिक समस्या समाधान गर्नका लागि दौडधुपका लागि पनि कोरोनाले माफ दिईसकेको र उनीहरु नेपालको राजनीति बचाउन सक्दो पसिना चुहाउनका लागि स्वतन्त्र रहेको कुरा कोरोनाले राम्रोसँग थाहा पाईसकेको कोरोनाको पुराणमा उल्लेख गरिएको छ ।

यसरीनै कोरोना कहरको तालुकदार स्वास्थ्य मन्त्रालय र त्यससँग सम्वन्धित सवै विभागहरु आ–आफ्नो कार्य गर्न पूर्णरुपमा स्वतन्त्र रहेका छन् । सरकारलाई परेको अप्ठ्यारो कसरी सजिलो बनाउने मन्त्रालय, विभाग, मन्त्री, सचिव र तालुकदार वर्गहरुलाई कोरोनाको माध्यमवाट कसरी आर्थिक रुपमा सम्पन्न गराउन मरिमेट्ने भन्ने विषयमा गहन लाभ दिन कोरोना महापुराणले अहम भुमिका निर्वाह गरिरहेको छ । यसका लागि यस तालुकदार पक्षहरुले कोरोनालाई धन्यवाद दिनुपर्ने देखिन्छ । सम्वन्धित तालुकदारहरुले कोरोनाको उपचार तथा भेन्टिलेटरलगायतका साधनको व्यवस्था सरकारले गर्न सक्दैन आफ्नो ज्यान आफैं बचाऔंको नारा दिएर जनतालाई सचेत पार्ने काम गरिरहेको छ । यो कम्ताको ठुलो काम हो र ?

कोरोनाका कारण संघीय सरकारलाई मात्रै होईन प्रदेश सरकारलाई पनि बडादशैं आएको छ र यसपालीको अफ सिजनको दशैंलाई कसरी खुशीसाथ मनाउने भन्नेमा सत्ताधारी र त्यसका सम्पुर्ण छौंडाहरु देशका विभिन्न स्थानमा कार्यका लागि तत्परताका साथ लागिरहेका छन् । उनीहरुको भित्री लालसा चाहिँ के होला, भने वेलावेलामा यस्ता महामारी त्यो चाहे कोरोना होस् चाहे वाढी पहिरो नै किन नहोस् उत्सवका रुपमा लिने र आर्थिकोपार्जनको मार्ग प्रशस्त गर्न यस्ता महामारीले राम्रो अवसर प्रदान गर्ने होलिकोप्टरमा अवलोकन गर्न जाने जस्ता मौकाहरु छौंडाहरुले समेत उपयोग गर्ने गरेका देखिन्छन ।

कोरोना कहरका वेलामा भेन्टिलेटर किन्नका लागि शुन्य बजेटको व्यवस्था गर्ने सरकारले यसै मौकामा ६ अर्ब वरावरको सवारी साधन किनी जनतालाई गुन लगाएको अर्को प्रसंग निस्किएको छ । प्रजातान्त्रिक र वहुमतको सरकारको यो कामको जति जयजयकार गरेपनि नपुगेकै हुन्छ । किनकी, भोली भोट माग्न आउँदा तिनैलाई फेरी फेरी भोट हाल्ने चेतनशील जनता हामीहरु नै हौ भन्नुमा कुनै अपठ्यारो छ र ?

यस्तै कुनै नाम चलेका व्यक्तिका नातेदार स्वर्गारोहण हँुदा मलामी जानेहरुका लागि पनि कोरोनाले छँुदैन किनकी कोरोनालाई थाहा छ हामी नेपालका कोरोनासँग युद्ध जित्ने वीर नेपाली हौं र कुनै गन्यमान्यको मलामी जाँदा हामीलाई कोरोनाले छँुदैन किनकी नेपालका गन्यमान्यहरुसँग कोराना डराउने गरेको छ ।

अन्त्यमा अति गर्नु अतिचार नगर्नु भन्ने उखान छ, अति गरेपछि खति हुन्छ । भेंडा नेपाली जनताहरु यदि मैदानमा उत्रिए भने हालाकी आस त कमै छ, त्यसो भएमा सद्दाम हुसेन, कर्णेल गद्दाफी, जियाउल हकलगायतका सैनिक सासकहरु जनताको कोपभाजनका सिकार भएको ईतिहास यसै शताब्दीको हो । आजको कोरोना पुराण यहीँ सकिन्छ । ओम कोरोना पुराणाय नम ः ।

प्रतिक्रिया