शुक्रबार, चैत ७, २०८१

कोरोनालाई जितेपछि १०३ बर्षिया बृद्धाले अस्पतालको बेडमै गरिन बियर पार्टी

नेपालखोज २०७७ भदौ ९ गते ११:१३

एजेन्सी । कोरोना महामारीले बिश्वलाई आक्रान्त पारी रहेको छ । कोरोना महामारीले के बुढा के बुढी सबैलाई आक्रमण गरीरहेको छ ।अमेरिकामा एउटा अनौठो घटना घटेको छ । यो घटना अमेरिकाको म्यासाच्युसेट भन्ने स्थानको हो । म्यासाच्युसेट निवासी एक १सय ३ बर्षकी बृद्धामा कोरोना पाजेटिभ देखियो ।

Advertisement

लामो समय अस्पतालमा भर्ना गरिएकी ती बृद्धाले कोरोनालाई जितेपछि उनले खुशियाली मनाउने बिचार गरिन । आफूमा कोरोना संक्रमण नभएको भन्ने चिकित्सकको कुरा सुनेपछि खुशी भएकी ती बृद्धाले अस्पतालको बेडमै चियो बियर मगाएर खाईन ।

उनको सेवामा खटिएका अस्पतालका स्टाफहरुले उनको इच्छा सुनेपछि आफैले चिसो बियर किनेर अस्पतालको बेडमा नै खाने ब्यवस्था मिलाएका थिए । उनले बियर पिएको फोटो अहिले सामाजिक संजालमा भाइरल नै भएको छ ।

प्रतिक्रिया