प्रतितोला ७ सय रुपैयाँले घट्यो सुन, ९७ हजार २ सयमा कारोबार
नेपालखोज
२०७७ भदौ ९ गते ११:३९
काठमाडौं । मंगलबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन ७ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै सोमबार प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया