२२ वर्षीय पुरुषसहित थप ७ जनाको कोरोनाबाट मृत्यु, मृतककाे संख्या १ सय ६४ पुग्यो

नेपालखोज २०७७ भदौ ९ गते १६:४५

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हु्न् ।

पछिल्लाे २४ घण्टाको अवधिमा काठमाडौंमा मात्र ३ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै सिराहाका २२ वर्षीया पुरुष, पर्साका ६८ वर्षीया पुरुष, धनुषाका ७६ वर्षीया पुरुष, रुपन्देहीका ५३ वर्षीय पुरुष गरी ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया