आइतबार, वैशाख १४, २०८२

काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा

नेपालखोज २०७७ भदौ ९ गते १९:४३

काठमाडौं । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा कायम राख्न सिफारिस गरेको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) र मेयरहरुबीच मंगलबार भएको बैंठकले सो निर्णय गरेको हो । पछिल्ला दिनमा कोरोना संक्रमित बढेसँगै उपत्यकाको तिनैबटा जिल्लामा बुधबारसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको काठमाडौं महानगरपालिकाका मेयरको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोनाको जोखिम उत्तिकै रहेकाले भदौ १७ सम्म निषेधाज्ञा कायम राख्न सिफारिस गर्ने निर्णय भएको हो ।

 

प्रतिक्रिया