उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने
काठमाडौं । उपत्यकामा कोरोना संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि त्यसको रोकथाम र न्यूनिकरणका लागि भाद्र ४ गतेदेखि जारी निषेधाज्ञाको समयावधि आज सकिँदैछ ।
त्यसअघि मंगलबार तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेको थियो । काठमाडौं उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले निषेधाज्ञा अवधि बढाउनेबारे आज बैठक बसेर निर्णय लिन सक्ने बुझिएको छ ।
तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन सिफारिस गरे पनि यसबारे आज मात्रै बैठक बसेर निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफकै क्रममा तीन जिल्लाकै डिसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया