शुक्रबार, वैशाख १४, २०८१

कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ २० पैसा र बिक्रीदर ३४ रुपैयाँ ३६ पैसा

नेपालखोज २०७९ असार १४ गते ८:४३

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३३ रुपैयाँ शून्य पैसा रहेको बैंकले जनाएकाे छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३० पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ २० पैसा र बिक्रीदर ३४ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ २५ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ २९ पैसा रहेकाे छ । साथै साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ३२ पैसा रहेकाे छ भने बिक्रीदर ३३ रूपैयाँ ४८ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया