बिहीबारदेखि किसानले मल पाउने
नेपालखोज
२०७७ भदौ १० गते ८:०९
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको युरिया मल वीरगंज भन्सारमा भित्रिएको छ । मंगलबार वीरगंज भन्सारमा २५ सय टन युरियामल भित्रिएको कर्पोरेसनका सुचना अधिकृत कुमार राजभण्डारीले बताए ।
उनकाअनुसार मल भन्सार यार्डमा आइसकेको छ । बुधबार भन्सार जाँचपास भएर उपत्यका भित्रिने र विहीबारदेखि किसानले पाउने गरि काम अघि बढाइएको राजभण्डारीले बताए ।
धान खेतीमा मल हाल्ने समयमा नआएपछि सरकारको तीब्र आलोचना भइरहेको छ । २५ सय टन रासायनिक मलले केही भएपनि किसानलाई राहत हुने राजभण्डारीले जिकिर गरे ।
सम्बन्धित
प्रतिक्रिया