एनआरएन इन्फ्रास्ट्रक्चरकाे काराेबार दाेस्राे बजारमा खुल्याे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नेप्सेमा शेयर कारोबार खुल्दैछ।
कम्पनीको शेयर बिहान साढे १० देखि १५ मिनेटसम्म खुल्ने स्पेशल प्रि-सेसनमा कारोबार भई बिहान ११ बजेपछि कम्पनीको शेयर दोस्रो बजारमा नियमित कारोबार खुल्न लागेको हो। नेप्सले एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर कारोबारका लागि एनआरएन (NRN) कारोबार संकेत दिएको छ। यहि कारोबार संकेतका आधारमा नेप्सेमा कम्पनीको शेयर कारोबार हुनेछ।
पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता न्यूनतम १०२ रुपैयाँ ६ पैसादेखि अधिकतम ३०६ रुपैयाँ १८ पैसा तोकेको छ । बुधबार यहि कारोबार रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ।
यससँगै कम्पनीको शेयर प्राप्त गरेका लगानीकर्ताले आजदेखि शेयर बिक्री गर्नसक्नेछन् भने आईपीओ भरेर पनि गोलाप्रथाबाट शेयर पाउन नसकेका लगानीकर्ताले दोस्रो बजारबाट कम्पनीको शेयर खरीद गरी शेयरधनी हुन सक्नेछन्।
धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार खुलाउन कम्पनीले नेप्सेमा मंगलबार १ करोड १३ लाख २६ हजार ८२१ कित्ता शेयर नेप्सेमा सूचीकरण गराएको छ । कम्पनीले शेयर सूचीकरण गराएसँगै अब उक्त शेयर आजदेखि किनबेच गर्न पाइने छ ।








प्रतिक्रिया