झापामा प्रहरी र स्थानीयबीच झडप, एक जनाको मृत्यु

नेपालखोज २०७७ भदौ १० गते २१:४८

झापा । प्रहरी र स्थानीयबीचको झडपमा घाइते भएका झापाका एक पुरुषको मृत्यु भएको छ। गोरु काटेको अभियोगमा दुई जना व्यक्तिलाई पक्राउ गरी अदालत लैजाने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो।

झडपमा क्रममा गम्भीर घाइते भएका स्थानीय ३८ वर्षीय रसिकुल आलमको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

बिएण्डसी अस्पतालमा उपचारका क्रममा आलमको मृत्यु भएको हो। झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी दुई जना पनि घाइते भएका छन्।

प्रतिक्रिया