अमेरिकामा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु, एक घाइते
नेपालखोज
२०७७ भदौ ११ गते ६:५५
एजेन्सी । अमेरिकाको विस्कन्सिन राज्यमा प्रहरीको गोलीले दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीले एक जना अश्वेतलाई गोली प्रहार गरेको विरोधमा भएका प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको हो ।
प्रहरीले तीन जनालाई गोली लागेको पुष्टि गरे पनि थप विवरण सार्वजनिक गरेको छैन । प्रहरीको गोली लागी ज्याकोब ब्लेक गम्भीर घाइते भएको विरोधमा विस्कन्सिनको केनोसामा प्रदर्शन गरिएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक कारमा आड लागेका २९ वर्षीय ब्लेकलाई कैयौं पटक गोली प्रहार गरिएको देखिएको थियो ।
गोली प्रहारका कारण उनीमा पक्षघात भएको जनाइएको छ । उनकी आमा जुलिया ज्याक्सनले आफ्नो छोरा मृत्युसँग लडिरहेको जनाएकी छन् । त्यसयता कफ्र्युको उल्लंघन गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् ।
सम्बन्धित
प्रतिक्रिया