वागमती प्रदेश सरकारले ४० वटा विद्युतीय बस खरिद गर्दै
नेपालखोज
२०७७ भदौ ११ गते ७:४९
काठमाडौं । वागमती प्रदेश सरकारले ४० वटा विद्युतीय बस खरिद गर्ने भएको छ । चालु वर्षभित्रै खरिद गरिने ती बसहरु प्रदेश सरकार मातहतको प्रदेश यातायात निगममार्फत संचालन गर्ने योजना छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले हिजो एक सूचना जारी गर्दै बस कम्पनीहरुसँग लागत मागेको छ ।
नेपालमा रहेका कम्पनी र विदेशी कम्पनीको नेपालमा रहेका प्रतिनिधिहरुसँग आफ्नो स्पेसि फिकेसन अनुसारको लागत मोडल र लागतको विवरण मागिएको हो । १५ दिनभित्र कम्पनी तथा प्रतिनिधीहरुलाई के कति दररेट पर्छ भन्ने जानकारी इमेल गर्न आग्रह गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया