शनिबार, वैशाख १३, २०८२

नेप्सेको यात्रा लगातार दोहोरो अंकले उकालो

नेपालखोज २०७७ भदौ ११ गते ७:५४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार २ दिन दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार नेप्से दोहोरो अंकले बढेको हो । त्यस्तै सूचक सँगै कारोबार रकम पनि बढेको छ । बुधबार मात्र नेप्सेमा २ अर्ब ६५ अर्ब ६१ करोडको शेयर कारोबार भएको छ ।

निषेधाज्ञा कै बीचमा दोहोरो अंकको वृद्धि र साँढे २ अर्ब बढीको कारोबारले लगानीकर्ताहरु उत्साहित भएका छन् । बजारमा ठुला लगानीकर्ता प्रवेश गरेको र सामुहिक लगानी कोषहरुले पनि शेयर उठाउन लागेकोले बजारमा उत्साह देखिएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

त्यस्तै बैंकको ब्याजदर पनि घट्दो रहेको र बैंकहरुले लगानी कर्ताहरुलाई बोलाएर सस्तोमा ब्याज दिन लागेकोले पनि लगानीकर्ता बजारमा सक्रिय भएको रौनियारले बताए । बजार उच्च बिन्दुमा भएको बेलाको ब्याजदर र अहिलेको ब्याजदर लगभग उस्तै भएकोले पनि बजार सकारात्मक दिशामा अगाडी बढेको उनले बताए ।

प्रतिक्रिया