मंगलबार, वैशाख ३०, २०८२

दैलेखमा ३० सरकारी शिक्षकलाई कारबाही

नेपालखोज २०७७ भदौ ११ गते २०:१६

दैलेख । दैलेखको गुराँस गाउँपालिकाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने ३० सरकारी शिक्षकलाई कारबाही गरेको छ ।

आफूले सामुदायिक विद्यालयमा पढाउने र छोराछोरीलाई बोर्डिङ स्कुलमा पढ्न पठाउने शिक्षकहरूलाई कारबाहीस्वरूप जरिवाना तोकेर पत्र पठाईएको हो ।

गाउँपालिकाका स्रोतव्यक्ति थिरेन्द्र कुमार बिसीकाअनुसार प्रति शिक्षक १० हजार रूपैयाँ जरिवाना तोकेर ३० जना शिक्षकलाई पत्र पठाईएको छ ।

गुराँस गाउँ कार्यपालिकाले २०७५ चैत २५ गते सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफ्नो छोराछोरीलाई पनि सामुदायिक विद्यालयमा नै पढ्न पठाउनुपर्ने निर्णय गरेको थियो । यो बर्षदेखि उक्त निर्णय कार्यान्वयन गराउनेतर्फ लागेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।

प्रतिक्रिया