शुक्रबार, असार २०, २०८२

सिन्धुपाल्चोकको तातोपानी सडकखण्ड मर्मत गर्न आठ महिना बढी समय लाग्ने

नेपालखोज २०७७ भदौ १३ गते ९:३९

सिन्धुपाल्चोक । पटक–पटकको पहिरोले जर्जर बनाएको सिन्धुपाल्चोकको तातोपानी सडकखण्ड मर्मत गर्न आठ महिनाभन्दा लामो समय लाग्ने देखिएको छ । जसका लागि डेढ अर्ब रुपैयाँ खर्च हुने सडक डिभिजन कार्यालयले अनुमान गरेको छ ।

सिन्धुपाल्चोकको समेत काम हेर्दै आएको सडक डिभिजन चरिकोटका अनुसार पहिरोले ठाउँ\ठाउँमा भत्काएको तातोपानी सडकखण्डको सम्पूर्ण मर्मतको काम निकै जटिल अवस्थामा छ ।

चरिकोट डिभिजन प्रमुख विजय महतोले पहिरोबाट भत्काएको सडकलाई भोटेकोसी नदीले पनि भित्रभित्रै कटान गरेकाले मर्मतका लागि लागत र समय बढ्ने भएको हो ।

सडक राम्रै देखिएको ठाउँमा पनि तलबाट नदीले कटान गरेकाले जुनसुकै बेला सडक भासिन सक्ने भएकाले तलबाट कटानमा परेको सडकमा भारी सवारी साधनहरु चल्नु पर्ने हुँदा जोखिम धेरै हुने प्रमुख महतोले बताए ।

प्रतिक्रिया