डा. केसीमाथि भइरहेको गैरमानवीय कार्य रोक्न चिकित्सक संघको माग
काठमाडौं । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ ।
संघले केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य रोक्न माग गरेको हो ।
आज एक प्रेस विज्ञप्ति जारी गरी संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरूसँग सम्पर्क गर्न नदिने अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य भइरहेको जनाएको छ ।
डाक्टर केसीलाई बुधबार प्रहरीले घेराबन्दी गर्दै भित्र-बाहिर गर्न दिएको थिएन । केसी साउन ११ गतेदेखि जुम्लामा छन् । उनि दुर्गमका जनताको घरघरमा पैदल हिँडेरै स्वास्थ्य सेवा दिइरहेका छन् । उनि विभिन्न चार बुँदे माग राख्दै सत्याग्रहको तयारीमा रहेका छन् ।
प्रतिक्रिया