चितवनमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण
नेपालखोज
२०७७ भदौ १४ गते ८:५८
चितवन । चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएराति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका रहेका ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्ये ६१ चितवनका हुन् ।
धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका संक्रमित देखिएका छन् । यस्तै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उहाँले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया