आज देशभर थप ८९९ जना कोरोना संक्रमण
नेपालखोज
२०७७ भदौ १५ गते १६:५३
काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थप ८ सय ९९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।
हाल देशभरि १७ हजार ८ सय २२ जनामा सक्रिय संक्रमित हेका छन् । तीमध्ये १० हजार ७ सय १ जना संस्थागत आइसोलेशनमा र बाँकी ७ हजार १ सय २१ जना घरमै रहेका छन् ।
सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका १३२ जना सघन उपचार कक्षमा र १६ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ५ सय ८८ जना सङ्क्रमणमुक्त भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया