सोमबार, वैशाख १५, २०८२

कस्तो रहला आजको मौसम ?

नेपालखोज २०७७ भदौ १६ गते ७:१२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुइ स्थानहरूमा अहिले भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र मध्य भू–भाग नजिक रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया