बिहीबार, असार ५, २०८२

हङकङमा कोरोनाको सामूहिक परीक्षण सुरु

नेपालखोज २०७७ भदौ १६ गते १८:२६

एजेन्सी । चीन सरकारको समर्थनमा रहेको एक नयाँ योजनाअनुसार हङकङमा कोरोना भाइरसको ’मास टेस्टिङ’ (सामूहिक परीक्षण) सुरु भएको छ ।

स्वैच्छिक रुपमा भइरहेको यो सामूहिक परीक्षणमा चिनियाँ स्वास्थ्यकर्मीले सहयोग गरिरहेका छन् । शनिबार यो परीक्षणको रजिस्ट्रेशन सुरु भएयता पाँच लाखभन्दा धेरैले निःशुल्क परीक्षणका लागि रजिस्ट्रेशन गराइसकेका छन् भने हङकङको जनसङ्ख्या ७५ लाख रहेको छ ।

स्वास्थ्यकर्मीहरुको युनियनले यो योजनाको आलोचना गर्दै कुनै चिजको लक्ष्य बनाएर गरिएको परीक्षणले नै राम्रो परिणाम दिने बताएका छन् । प्रशासनले आलोचनालाई झुटो आरोप भन्दै खारेज गरेको छ ।

युनिभर्सल टेस्टिङले सङ्क्रमण फैलिन नदिन र महामारी रोक्नको लागि मद्दत गर्ने प्रशासनले बताएको छ । हङकङ अहिलेसम्म पाँच हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया