आइतबार, जेठ ६, २०८१

रोग प्रतिरक्षा प्रणाली बलियो बनाउने पेय पदार्थहरु

नेपालखोज २०७७ भदौ १७ गते ५:०३

१. कागतीको रस
सजिलै पाइने कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँुदा यसले बिबिध प्रकारका रोगबाट बचाउँछ ।

२. स्याउको जुस
एउटा अंग्रेजी कथन नै छ दिनहुँ एउटा स्याउ खाने ब्यक्ति डाक्टरकोमा कहिल्यै जान पर्दैन स्याउको बोक्रा सहित पिँधेर जुस बनाई नियमित सेवन गर्नाले रोगबाट बचाउँछ ।

३. ग्रिन टी
ग्रिन टीमा एपीग्यालोक्याटेचिन नामक तत्व पाईन्छ जसमा किटाणुहरु बिरुद्ध लड्न सक्ने क्षमता र गुण हुनछ । ग्रिन टीको नियमित सेवनले रोग प्रतिरक्षा क्षमता बढाउँछ ।

४. ब्रोकाउली जुस
ब्रोकाउलीको जुस सेवन गर्नाले यसमा पाईने सल्फर ले शरीरको बिषादि हटाउने काम गर्छ र तपाईलाई स्वस्थ रहन मद्दत गर्छ ।

५. बिटरुट जुस र चुकन्दर र गुलियो मूला
स्वदमा पनि गुलियो हुने बिटरुट पिउँदा तपाईलाई औषधिका रुपमा प्रयोग गरेको भान पनि हुदेन यसमा प्रसस्त मात्रामा पाइने भिटामिन सी र अरु एन्टिअक्सिडेन्ट ले तपाइलाई रोगबिरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्छ ।

प्रतिक्रिया