शनिबार, असार २१, २०८२

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु, पाँच जना घाइते

नेपालखोज २०७७ भदौ १७ गते ७:५२

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । गएराति परेको चट्याङले लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मृत्यु भएको हो ।

चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । यसैबीच चट्याङले लागेर सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया