बिहीबार, चैत ६, २०८१

एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन

नेपालखोज २०७७ भदौ १८ गते ७:२८

काठमाडौं । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

Advertisement

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौ आएको १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका छन् ।

एयर अरेवियाले १४२ जना पिसिआर गरेको, १८ जना आरडिटी गरेको र एक जना केही पनि नगरेको यात्रु ल्याएर सवैलाई होटल क्वारेन्टाईनमा राखेर आर्थिक बोझ बोकाएपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई निर्देशन दिए ।

मन्त्री भट्टराईले सवै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि उक्त रकम फिर्ता गराउन र फिर्ता नगरे कारवाही गर्नसमेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया