रातो मछिन्द्रनाथको रथ तान्नेमाथि प्रहरीले हान्यो अश्रुग्यास

नेपालखोज २०७७ भदौ १८ गते १४:०९

काठमाडौं । रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयबीच झडप भएको छ । रथ सडकको बीचमा पुर्‍याएपछि झडप सुरु भएको हो ।

कोरोनाको कारण निषेधाज्ञा जारी भइरहेको बेला ठूलो हुलगरेर रथ तान्नेहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरीले पानीको फोहोरा हान्न ल्याएको ट्यांकमा युवाहरुले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले प्रहरीले केही सेल अश्रुग्यास हानेको छ ।

 

प्रतिक्रिया