बिहीबार, चैत ६, २०८१

उपत्यकामा बैंकहरुको २० प्रतिशत शाखा खोल्न सहमति

नेपालखोज २०७७ भदौ १८ गते १४:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार शाखा खोल्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।

Advertisement

राष्ट्र बैंकको नियमन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक देव कुमार ढकालले आवश्यकता अनुसार शाखा खोल्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका बताएका छन् । ‘कर्मचारी र सेवाग्राहीलाई संक्रमणको जोखिम नहुने गरि आवश्यकता अनुसार शाखा खोल्न बैंक तथा वित्तिय संस्थाहरुलाई मौखिक निर्देशन दिएको उनले जानकारी दिए।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले नेपाल राष्ट्र बैंकसँगको समन्वयमा कर्मचारीको संख्या एक तिहाई नबढ्ने गरि बैंकका शाखा खोल्न पाउने व्यवस्था गरिदिएको छ । उपत्यकाका तीन जिल्लामा भदौ २४ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले उपत्यकामा २० प्रतिशत शाखा खोल्ने सहमति भएको बताए । ‘एक तिहाई कर्मचारीबाट आवश्यकता अनुसार शाखा खोल्न पाइने भनिएको छ, हामीले उपत्यकामा २० प्रतिशत शाखाहरु खोल्ने समझदारी गरेका छौं, आजबाट पहिले भन्दा धेरै शाखाहरु खुलेका छन’, दाहालले भने ।

उनले एउटा बाणिज्य बैंकले अधिकतम एक सय जना कर्मचारी परिचालन गरेर उपत्यकाका तीन जिल्लाहरुमा सेवा दिईरहेको समेत जानकारी दिएका छन् । यस अघि ५० जना कर्मचारीहरुबाट सेवा प्रवाह गर्नुपर्ने समझदारी थियो । सिमित शाखाहरु मात्रै खोल्दा सेवाग्राहीको भिडभाडका कारण संक्रमणको जोखिम बढ्ने देखिएकाले शाखा संख्या थप्ने निर्णय उपयुक्त भएको ढकालले बताए ।

प्रतिक्रिया