शुक्रबार, चैत ७, २०८१

ढोरपाटनमा बाढी र पहिरोबाट घरबास गुमाउनेहरुलाई सुरक्षित ठाउँमा सार्न माग

नेपालखोज २०७७ भदौ १९ गते २०:३१

काठमाडौं । राष्ट्रिय जनमोर्चाले बागलुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोबाट घरबास गुमाउनेहरुलाई सुरक्षित ठाउँमा सार्न माग गरेको छ ।

Advertisement

अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै बाढीका कारण घर बस्ती ध्वस्त भएको र त्यही ठाउँमा पुनः घर बनाउन सम्भव नभएकाले पुनर्बास गराउनुपर्ने बताएका छन् ।

पहाड र तराईमा समेत बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका तथा छरिएका घर बस्तीलाई सुरक्षित ठाउँमा सार्न एकीकृत ग्रामीण बस्तीको विकास गर्नुपर्ने राष्ट्रिय जनमोर्चाले बताएको छ । बुधबार बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा बाढी र पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।

७५ वटा घर बाढी र पहिरोले क्षति भएको छ भने एउटा प्राथमिक तहको स्कुल, एउटा आधारभूत तहको स्कुल, एउटा स्वास्थ्य चौकी, ६ वटा पुल, ३ वटा झोलुङ्गे पुल, ६ वटा विद्युत पावर हाउस र ६ वटा कुलोमा पनि क्षति पु¥याएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

प्रतिक्रिया