प्रशिक्षणमा फर्किए कप्तान मेस्सी
एजेन्सी । बार्सिलोनामै बस्ने निर्णय गरेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी हिजोदेखि प्रशिक्षणमा सहभागी भएका हुन् ।
यस अघि मेस्सी क्लबको प्रशिक्षणमा सामेल भएका थिएनन् । मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफुले क्लब छाड्ने बताएका थिए । मेस्सीले निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए ।
तर, बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो तोकेपछि मेस्सी क्लब छाड्ने विषयमा पछि हटेका थिए । कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो ।
अब ३३ वर्षीय लिजेण्ड मेस्सी अर्को समरसम्म क्याम्प नाउमा हुने छन् । त्यसपछि मेस्सीको बार्सिलोनाको बसाई अवधि भने क्लबमा आउने नयाँ अध्यक्षमा निर्भर रहनेछ । बार्सिलोनाले सन् २०२१ को मार्चमा नयाँ नेतृत्व छान्दैछ ।
प्रतिक्रिया