शुक्रबार, वैशाख १२, २०८२

कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु

नेपालखोज २०७७ भदौ २३ गते ८:१३

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।

ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया