शुक्रबार, वैशाख १४, २०८१

सुशान्त सिंह मृत्यु प्रकरण : सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

नेपालखोज २०७७ भदौ २३ गते १७:४०

एजेन्सी । बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको छ । अभिनेता सुशान्त सिंहको मामिलामा लागुऔषधको विषय देखिएपछि गएको केही दिनदेखि एनसीबीले उनीसँग सोधपुछ गरिरहेको थियो ।

रियाका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको छ । गएको ५ सेप्टेम्बरमा शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका व्यवस्थापक रहेका स्यामुएल मिरान्डालाई एनसीबीको टिमले पक्राउ गरेको थियो । बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको विषयमा यो तेस्रो पक्राउ हो ।

सुशान्तको मृत्युको विषयमा सीबीआईले जाँच गरिरहेको छ तर रियालाई एनसीबीले लागुऔषध लेनदेनको विषयमा पक्राउ गरेको हो । सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाको लेनदेनको विषयमा ईडी, मृत्युको विषयमा सीबीआई र लागुऔषधसँग जोडिएको मामिलाको जाँच एनसीबीले गरिरहेको छ ।

बलिउड दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा नयाँ नयाँ रहस्य बाहिर आइरहेका छन् । करिब ३ महिना अघि जुन १४ मा मुम्बईको बान्द्रा स्थित आफ्नै घरमा झण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । उनको मृत्यु आत्महत्या या हत्या के हो अझै पत्ता लाग्न सकेको छैन् ।

प्रतिक्रिया