बिहीबार, चैत १५, २०८०

जात्रैजात्रामा महाऽजात्रा !

नेपालखोज २०७७ भदौ २३ गते १८:५९

काठमाडौं जात्रैजात्राको शहर । हरेक महिना कुनै न कुनै जात्रामा रमाउँछन् काठमाडौंका स्थानीय रैथानेहरु । अझ विश्वभर चर्चामा हुने जात्रा इन्द्रजात्राको त कुरै छाडौं, जीउँदो देवता कुमारीको पूजा अर्चना गरिन्छ । यस्ता धेरै महत्वपूर्ण जात्रा पर्व छन् काठमाडौं खाल्डोमा ।

तर, काठमाडौंका महत्वपूर्ण जात्राहरुलाई पनि पछार्दै २०४६ सालपछि अनेकौं जात्राले आफूलाई निकै नै उर्वर बनाएको छ । अझ मट्याङ्ग्रे जात्राको त कुरै छाडौं । ‘तीन टिन मट्टितेल’ भनेर टुँडिखेलदेखि भुँरुङ्गखेलसम्मका जात्राले गाईजात्रालाई समेत पछार्दिन्छ ।

नपछारोस् पनि किन अहिले त कोरोनाको जात्रामा, काठमाडौंको जात्रा त स्वाहा नै पार्दियो । मट्याङ्ग्रेलाई एक प्याला खाएर लैनचौरदेखि धोविचौर हुँदै नारायणचौरसम्म फनफन्ती घुम्दा त दामदेवमा कामदेव सवार भए जस्तै हुन्थ्यो । एक थान सांसद खान मट्याङ्ग्रोले खुमलटारदेखि बालुवाटारसम्म चिप्लेटी नखेलेको पनि होइन ।

बल्ल बल्ल बालकोटको बारीमा तोरीको फूल टिपेर पेलेको तोरीको तेल जस्तैगरी खाको एक थान साँसद पदमा पनि जताततैबाट धारेहात लगाएपछि पिएचडी धारी मट्याङ्ग्रेको तालुमा आलु फल्यो । त्यत्ति विद्धान टोपल्ने पिएचडी धारी मट्याङ्ग्रेले सिंह बजारमा ल्याएको राप ताप सवै छाडेर अहिले ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ’ भने जस्तै भएको छ । हिजो सिंह बजारमा व्यापार गर्दा तिनै पिएचडीधारीलाई नमूना भन्दै तीन वित्ता उफ्रेर सलाम टोक्नेहरु अहिले खुच्चिङ्ग गर्न थालेका छन् । बढी हात्तिको बिटोको कारोबार गर्नेहरुलाई यो भन्दा ठूलो जात्रा के होला र ?

आजभोली जता हे¥यो भने पनि जात्रा देखिन्छ । सडकमा हे¥यो जण्डिस लागेको कपडाधारीको जात्रा, चिल्ला गाडीमा हे¥यो औषधीका नाममा तीनपाने व्यापारीको जात्रा । आपूmखुशी जे गर्न मन लाग्यो त्यो गर्न पाएनन् भने मास्क पनि लाउँदिन, लकडाउन पनि मान्दिन भन्दै सडकाँ उफ्रनेको जात्रा । त्यही जात्राको भीडमा पिएचडीधारीको विदाई जात्रा ।
हुन त मट्याङ्ग्रेले ५ करोड खर्च गरेर पाको समानुपातिक त ऊ बेलाँ नै झ्याप्पै हान्दिएको हो । सिँदुरे जात्रै भाको थियो । बरु साँच्चिकै इन्द्रजात्रा गर्न नपाएर मच्छिन्द्रनाथको जात्रा गर्न खोजेपछि पो ललितपुरमा वास्तविक जात्रा देखियो । जण्डिस लागेको ज्याकेटमा पिरेस लेखेर निलो डिरेस लाका मामाहरुलाई राता ढुङ्गाले पुर्पुरो फुट्ने गरी हान्दिएको देखेनौ ? खास जात्रा त त्यो पो हो के के रथ तान्ने जात्रा । एक प्याला रौसी धोक्न नपाउँदा महामारीलाई नै चुतौती त्यसका बाजे, ख्याल ख्यालमै जिन्दगी जाने भो । भोकले लाने हो कि कोरोनाले खाने हो ।

अहिले कोरोनाको शिकार गर्न तीन जिल्लाँ निषेधाज्ञा जारी भा’छ । यही मौकामा जनताले भोटाँ लात्ताले दिएर पछारेका हामदेवलाई तानेर राष्ट्रिय सभामा ल्याको छ । पिएचडीघारी खुच्चिङ्ग हुँदा हामदेवलाई कामदेवले बचाको छ, यो हो नि नेपालाँ जात्रा ।

अव त परऽजाऽ तन्त्र, लुटऽतन्त्र, गन ऽ तन्त्र हुँदै संघी यता न उताको व्यवस्थामा हेप्नाँ पनि हद हुन्छ नि । जात्रै गर्न नपाउने भन्ने काँ लेख्या छ । गरीवका छोरा सिटा मोल हेर्दै चित्त बुझाउनु पर्ने । सत्तामा बस्नेका छोरा चाँहि विदेशबाट ल्याको तिनपानेमा दङ्ग हुने !

न ओम्नीले दिए जनतालाई राहत, न सैलुङ्गेकाले दिए किसानलाई मोल । बरु खाडीमा गएर राडीमा सुतेकाले ओलीलाई औषधीको गोली ख्वाउने टिकी ट्यास ट्यास त पठाका छन् हुण्डी गरेरै भएपनि ।

कलकारखाना वन्दको जात्रा, कर्मचारीलाई तलव भन्दा हिसावको जात्रा, अर्बौ रुपैयाँ खर्च गरेर इज्जत जोगाउन मुख छोप्ने टालो लगाएर हिड्नु पर्ने जात्रा । ढुकुटी रित्तो हुँदा कसले लेख्छ वाईमात्रा ।

लौन प्रभु ऽ अल्लाह, हाम्राँ बुज्रुक देश हाँक्ने ठेकेदारलाई रातीराती देउ न सल्लाह ! कहिँ नभाको जात्रा हाँडिगाउँमा, कोरोनाका नाममा सवैलाई वन्द गराका छन् ठाउँ ठाउँमा । उपचार गर्न नपाएर मर्नुपर्ने, अस्पतालभित्रै ग्याङ्ग फाइट हुँदा पनि सुरक्षाकर्मीले नभेट्ने, संसदमा भोटले भन्दा नोटले बढी जित्ने । सडकाँ सिडियोसँग ३० हजारमा किनेको पासले ट्राफिकलाई हेप्ने । त्यसो हो भने विहान बेलुका छाकटार्न गाह्रो भएका मट्याङ्ग्रे जनताले कहिलेसम्म ऋणको भारी वोक्ने ? नेपालमा धेरै भयो जात्रा ऽ महाजात्रा लौन आएर देशको ढुकुटी भरिदेउन थाइल्याण्डकी पूर्व प्रधानमन्त्री सिनावात्रा ।

प्रतिक्रिया