बिहीबार, वैशाख १३, २०८१

नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या, कारोबार रोक्का

नेपालखोज २०७७ भदौ २५ गते १३:१२

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि केही समयका लागि कारोबार बन्द गरिएको छ । नेप्सेले उक्त समस्या समाधानको अवधिभर कारोबार रोक्का गर्ने बताएको हो । १२ बजेर १९ मिनेटदेखि कारोबार रोकिएको हो । यस अवधिसम्म नेप्से परिसूचक ७ दशमलव १८ अंकले बढेर १ हजार ५१५ दशमलव ३९ विन्दुमा पुगेको छ । कारोबार व्यवस्थापनको समस्याका कारण लगानीकर्ताहरुले भोग्नुपरेको समस्याप्रति नेप्सेले क्षमा मागेको छ ।

प्रतिक्रिया