कस्तो रहला आजको मौसम ?
नेपालखोज
२०७७ भदौ २७ गते ८:१३
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । अहिले गण्डकी प्रदेश र १ नम्बर प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज बेलुका प्रदेश नम्बर एक र ५ सहित गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ । आज देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान छ ।
आज केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ । यस्तै राति भने केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ । मनसुनको समय भएपनि खासै सक्रिय नरहेकाले लगातार भारी वर्षा भने नहुने महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया