शुक्रबार, वैशाख १२, २०८२

टिएमएसको समस्याबाट प्रभावित आइतबारको बजारमा ३ अर्ब ३७ करोडभन्दा बढीको कारोबार, परिसूचकमा १६ दशमलव ५६ अंकको बृद्धि

नेपालखोज २०७७ भदौ २८ गते १८:००

काठमाडौं । साताको पहिलो दिन आइतवार कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को समस्याबाट प्रभावित भएको बजारमा ३ अर्ब ३७ करोड ४१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन कारोबार खुला भएको २५ मिनेटमै कारोबार रोक्का भएको थियो । टिएमएसमा समस्या आएको भन्दै नेप्सेले रोक्का गरेको कारोबार पुनः २ बजेर १५ मिनेटदेखि सुचारु गरेको हो । साझ ५ बजेर १५ मिनेटसम्म खुला भएको बजारमा १९१ कम्पनीको ३९ हजार ६१० पटकको व्यापारमा ७१ लाख ७९ हजार कित्ता शेयर खरिद विक्री भएको छ ।

यस दिन लगानीकर्ताहरुको उत्साह बढीनै देखिएको छ । वारम्वार टिएमएसमा समस्या दोहोरिरहदा आक्रोसित भएका लगानीकर्ता संयमित भएर कारोबारमा सहभागी भएको देखिन्छ । आइतवार बजार १६ दशमलव ५६ अंक बढेर १ हजार ५३७ दशमलव २५ विन्दुमा पुगेको छ । त्यस्तै ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५९ अंक बढेर ३०३ दशमलव ९७ विन्दुमा पुगेको छ ।

यो दिन कारोबारमा आएका १३ समूहमध्य तीन समूहको परिसूचक घटेको छ भने १० समूहको बढेको छ । यस दिन बैंकिङ समूहको शून्य दशमलव ४८ प्रतिशत, होटल ३ दशमलव ७९ प्रतिशत, विकास बैंक शून्य दशमलव शून्य ८ प्रतिशत, जलविद्युत ३ दशमलव ६४ प्रतिशत, निर्जीवन बीमा ४ दशमलव शून्य ५ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५५ प्रतिशत, अन्य शून्य दशमलव शून्य ९ प्रतिशत, लघुवित्त शून्य दशमलव ३१ प्रतिशत र जीवन बीमा समूह २ दशमलव ९८ प्रतिशत परिसूचक बढेको छ । त्यस्तै व्यापारिक समूह २ दशमलव ८३ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४३ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ७६ प्रतिशत घटेको हो ।

बढेको बजारमा नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ९ दशमलव २७ प्रतिशतले घटेको छ । यो दिन रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ९८ प्रतिशत, एनआरएन लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९५ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्टको ९ दशमलव ७७ प्रतिशत, राधी विद्युत कम्पनीको ९ दशमलव ६३ प्रतिशत र अरुण भ्याली हाइड्रो पावरको ९ दशमलव २४ प्रतिशतसम्म बढेर शेयर कारोबार भएको छ । आइतवार एक हजार ५२८ दशमलव १६ विन्दुबाट खुलेको बजार एक हजार ५२१ दशमलव ५३ विन्दुसम्म झरेको थियो ।

प्रतिक्रिया