सीमा नाका असोज ३० गतेसम्म बन्द हुने निर्णय
नेपालखोज
२०७७ भदौ ३० गते १९:२७
काठमाण्डौ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण कम नभएपछि भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई नाका खोल्ने निर्णय पनि गरेको छ । यसअघि १० वटा नाका मात्रै खुला भएको थियो भने अब १२ वटा नाका खुल्ने भएको छ ।
इलामको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ । त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
सम्बन्धित
प्रतिक्रिया