मंगलबार, असार १७, २०८२

कस्तो रहला आजको मौसम ?

नेपालखोज २०७७ भदौ ३१ गते ६:३६

काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ भने बंगालको खाडीनजिक एउटा न्युनचापीय क्षेत्र रहेको छ ।

अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । प्रदेश १ र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षा भईरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया