कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक
नेपालखोज
२०७७ असोज १ गते १२:०९
काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ र संस्थागत तर्फ ६.५० प्रतिशत ब्याज रहेको छ ।
यस्तै बचतमा ०.६० देखि ५ प्रतिशतसम्म ब्याजदर रहेको बैंकले जनाउको छ । बैंकले १३ प्रकारको बचत खाता सञ्चालन गरिरहेको छ । बैंकको साउन मसान्तसम्मको आधारदर ८.९५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३.८५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
होम स्टे सर्भिस लोन, हाउस होल्ड, पर्यटन, हायर पर्चेज, शैक्षिक धितोकर्जा, अटो लोन मोटरेज लोन लिँदा १३.८५ प्रतिशतसम्म ब्याज रहेको छ । यस्तै बैंकबाट एग्रो प्रडक्ट लोन, लाइभ स्टक लोन, फिसिङ फार्मिङ लोन, युवा स्वरोजगार कर्जा, कोल्डस्टोर लोनमा १०.९५ प्रतिशत ब्याज रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया