दोहाबाट आज एकैदिन १३८ जना स्वदेश फर्किए
नेपालखोज
२०७७ असोज १ गते २०:४३
काठमाडौं । कतारको दोहाबाट भएको ४० औं उडानबाट आज १३८ नेपाली स्वदेश फर्कएका छन् । दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको एन ए २३९२ नम्बरको उडानबाट ७ महिलासहित १३८ नेपाली आज स्वदेश फर्किएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
कोभिड–१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासमा नेपाल फर्कने फाराम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएकाहरु स्वदेश फर्कने क्रम जारी छ ।
हालसम्म कतारसबाट आठ हजार ५९८ नेपाली स्वदेश फर्किएको सीसीएमसीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया