शनिबार, वैशाख १३, २०८२

१५७७.७१ विन्दुमा नेप्से, तीन घण्टामा कारोबार रकम २ अर्ब नाघ्यो

नेपालखोज २०७७ असोज ४ गते १४:१९

काठमाडौं । आइतवार तीन घण्टाको कारोबारमा नेप्से परिसूचक १ हजार ५७७ दशमलव ७१ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ५ दशमलव ५३ अंक बढेको हो । ती घण्टामा १८७ कम्पनीको २ अर्ब ५ करोड ४४ लाख ४४ हजार रूपैयाँ बराबरको ७० लाख ६१ हजार ९५२ कित्ता शेयर कारोबार भएको छ ।

सर्वाधिक कारोबार गरेको यो दिन रिलायन्सको तीन घण्टामा १६ करोड ६६ लाख ४१ हजार रूपैयाँको शेयर खरिद विक्री भएको छ । यो अवधिसम्म पनि वित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४३ प्रतिशत बढेको छ भने होटलसमूहको परिसूचक सर्वाधिक ६ दशमलव ४१ प्रतिशत घटेको छ । आइतवार व्यापारिक समूहको शेयर कारोबारमा आएको छैन् । ११ समूहको कारोबारमा बैंकिङ समूहको १ दशमलव ५२ प्रतिशत, विकास बैंकको १ दशमलव ५३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४४ प्रतिशत परिसूचक बढेको छ । यो अवधिसम्म जलविद्युत समूहको ३ प्रतिशत, निर्जीवन बीमा समूहको शन्य दशमलव २५ प्रतिशत, अन्यको शून्य दशमलव ८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २५ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ४६ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया